Logo
Logo

रुपन्देहीमा कोरोना थप एक जना संक्रमितको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

रुपन्देही, १६ असोज । कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका–७ रामापुरका ४० वर्षीय पुरुषको गएराति ११ः ५० बजे मृत्यु भएको हो ।
यही असोज ११ गते कोरोना पोजेटिभ देखिए पनि सास फेर्न समस्या भएपछि असोज १३ गते साँझ अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्