काठमाडौं । बागलङ जिल्लाको बाढीपहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ को बिहीबार पीडितहरुलाई प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्वारा नगरपालिकालाई बाढीपीडित उद्वार कोषमा रहने गरी रु. पाँच लाख सहयोग प्रदान गर्नुभएको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्नेतबाट बिशेष क्षतिग्रस्त क्षेत्रको निरीक्षण सम्पन्न भएको छ ।
उक्त अवसरमा बाढी प्रभावित बोबाङ वडाअन्तर्गतका स्थानीयवासीस“ग उहा“हरुले प्रत्यक्ष भेटघाट गर्नुभयो । स्थानीयहरुको समस्या बुझी शीघ्र उक्त ठाउ“हरुमा केन्द्रिय बिद्युत प्रसारण लाइनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिइयो । करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्यचौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन् ।
बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजना मन्त्रीले विशेष मन्तब्य राख्नुभएको थियो ।