काठमाडौं, १६ असोज ।
मन्त्रिपरिषद् पुनर्गठन तथा विभिन्न नियुक्तिबारे छलफल गर्न आज नेकपाको सचिवालय बैठक बस्ने भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको छलफलले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।
शनिबार दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाइएको छ ।सरकारले बिहीबार गरेका नियुक्तिका विषयमा समेत नेकपामा विवाद छ । यस विषयमा पनि छलफल हुन लागेको स्रोत बताउँछ । दुई साताअघि नै मन्त्रीमण्डल हेरफेर गर्ने निर्णय भएपनि नाममा सहमति हुन सकेको छैन ।