काठमाडौं, १५ असोज ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा शुक्रबार पनि बहस नसकिएपछि बुधबारका लागि पेशी सरेको छ ।पक्ष र विपक्षमा धेरै वकिल भएकाले बहस लम्बिएको हो ।
गत साता उनलाई थप जिम्मेवारी नदिन सर्वोच्चले आदेश दिई उनको नियुक्तिको विषयमा संवैधानिक इजलाशले हेर्नुपर्ने जनाएको छ । सोही अनुसार बुधबारदेखि संवैधानिक इजलाशमा सुनुवाई भइरहेको छ ।