Logo
Logo

मन्त्री छान्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ असोज
मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डासहित बस्न लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आग्रहअनुसार बैठक स्थगित भएको स्रोत बताउँछ । बैठक आइतबार दिउँसोसम्मका लागि स्थगित भएको नेकपाका एक नेताले जानकारी दिए ।


शनिबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको थियो । प्रधानमन्त्री ओलीले गत बिहीबार एकलौटी रुपमा मुख्यसचिव तथा राजदूतको नियुक्ति गरेपछि पार्टीभित्र विरोध भएको थियो । सचिवालय बैठकमा सो विषय पनि उठ्ने भएपछि ओलीले बैठक रोकेको आँकलन गरिएको छ । हरेक नियुक्तिमा पार्टीमा छलफल गर्ने सहमति भएपनि ओलीले सहमति तोडेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्