काठमाडौैं, १९ असोज ।
लागु औषध नियन्त्रण ब्यूरो(एनसिबी)का प्रमुख एसएसपी दिलिप चौधरीलाई कोरोना संक्रमण भएको छ । गत साता भएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।
ब्यूरोका अन्य प्रहरी पनि क्वारेन्टाइनमा बसेर परीक्षण गराएका छन् । यसअघि ब्यूरोको हिरुासतमा रहेका एक दर्जन भन्दा धेरै अभियुक्तमा कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा प्रहरीमा चार डिआईजीसहित करिब ४३ सय जनालाई कोरोना भएको छ । जसमध्ये २६ सय जना निको भइसकेका छन् ।