Logo
Logo

वामदेव मन्त्री नबन्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० असोज । राष्ट्रियसभा सदस्य मनोनयन हुनु अगाडि नेकपाका वरिष्ठ नेता वामदेव गौतम उपप्रधान तथा अर्थ मन्त्रालय ताक्दै थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि हालतमा गौतमलाई अर्थ मन्त्रालय सुम्पने ‘मुड’मा थिएनन् । त्यसैले डा. युवराज खतिवडालाई प्रधानमन्त्री ओलीले विशेष सल्लाहकार नियुक्त गरे । अर्थ मन्त्रालय आफूसँगै राखे । त्यसैबीच खतिवडाको नाम अमेरिकाको राजदूतमा सिफारिस भयो । गौतमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा प¥यो ।

अधिवक्ता दिनेश त्रिपाठीले चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा मनोनयन गर्न नहुने र मन्त्रीसमेत बनाउन नहुने भन्दै मुद्दा दायर गरे । गौतमविरुद्धको मुद्दा संवैधानिक इजलासमा छ । यसबीच गौतमको ‘मुड चेन्ज’ भयो भनिन्छ । संवैधानिक इजलासले जे जस्तो निर्णय गरे पनि अब उनी अर्थमन्त्री नबन्ने टुंगोमा पुगेका छन् । उनीलाई भेट्न जाने कार्यकर्ताहरुसँग उनले मन्त्री नबन्ने धारणा व्यक्त गरेका हुन् । गौतम अर्थमन्त्री नबन्ने भए सँगसँगै अर्थमन्त्रीका रुपमा महासचिव विष्णु पौडेलको नाम चर्चामा आएको छ । एकथरिले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्ने दबाब ओलीलाई दिए पनि ओली भने महासचिव पौडेलको पक्षमा रहेको बालुवाटार स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्