Logo
Logo

विष्णु पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन शर्मा मन्त्री बन्दै ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २० असोज ।
आज बस्ने नेकपाको सचिवालय बैठकले नयाँ मन्त्रीहरु छान्ने सम्भावना देखिएको छ । हाल रिक्त रहेका तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त गर्न लागिएको हो ।


जसमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन शर्माको सम्भावना छ । अर्थ मन्त्रालयमा पौडेल र पाण्डेबीच प्रतिस्पर्धा छ । पौडेललाई अर्थ दिएर पाण्डेलाई सहरी विकास तथा शर्मालाई सञ्चार मन्त्रालयमा दिनेबारे छलफल हुने स्रोत बताउँछ । नेता पाण्डेले अर्थ मन्त्रालय नपाए आफु सरकारमा नजाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्