Logo
Logo

गाडी किन्न सनराइज बैंकको बिनाधितो ६० प्रतिशतसम्म कर्जा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । सनराइज बैंक र आईएमई समूहद्वारा सञ्चालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारिक बिक्रेता आइएमइ मोटर्स प्राइभेट लिमिटेडबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएमइ मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दीप अग्रवालले हस्ताक्षर गरेका हुन् ।

यस सहमतिपत्रअनुरुप, आइएमई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सनराइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ । ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिनाधितो खरिद मूल्यको ६० प्रतिशतसम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ ।

कर्जाको मासिक किस्ता इएमआइको आधारमा अधिकतम सात वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले तीन कार्य दिनभित्र उपलब्ध गराउने व्यवस्थासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्