Logo
Logo

विकराल बन्दै कोरोना, १४ हजारको परीक्षण गर्दा ३४ सय जनामा संक्रमण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ असोज ।
नेपालमा कोरोना संक्रमण विकराल बन्दै गएको छ । बुधबार ३४३९ जनामा संक्रमण देखिएको छ । यो एकैदिन अहिलेसम्मकै उच्च संक्रमण हो ।


१४ हजार २ सय ९ जनामा परीक्षण गर्दा यतीधेरै जनामा संक्रमण देखिएको हो । परीक्षण गरिएकामध्ये २४.२० प्रतिशतमा संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयका अधिकारीको तनाव बढेको छ ।
उपत्यकासहित तराईका जिल्लाहरुमा संक्रमण बढेको । काठमाडौंमा १२९६, ललितपुरमा २९३, भक्तपुरमा ९५ जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा मोरङमा एकैदिन ३२२ जना संक्रमित थपिएका छन् । सुनसरीमा १९३, चितवनमा १३१, रुपन्देहीमा १३०, बाँकेमा १०६ तथा सुर्र्खेतमा ७८ जनामा संक्रमण देखिएको छ ।
नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या पहिलोपटक २५ हजार नाघेको छ । सरकारले २५ हजार संक्रमित नाघेपछि फेरि लकडाउन गर्ने बताएको थियो ।
त्यस्तै, पछिल्लो २४ घन्टामा १५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन् । मृत्यु हुनेको संख्या ५७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्