काठमाडौं, २१ असोज ।
बुधबार नेपालमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भयो । यही गतिमा केही दिन कोरोना संक्रमण बढेमा अस्पतालले धान्न नसक्ने सरकारले जनाएको छ ।
पछिल्लो २४ घन्टामा १४ हजार २ सय ९ जनामा परीक्षण गर्दा यतीधेरै ३४३९ जनामा संक्रमण देखएिको थियो । यसअघि एकैदिन २७ सयसम्म संक्रमित थपिएको थिए ।
बुधबारको तथ्याङकले संक्रमण नियन्त्रण बाहिर जान लागेको प्रष्ट हुन्छ ।
उपत्यका मात्र होइन बुधबार उपत्यकाका बाहिरका ठूला सहर भएका जिल्लाहरुमा पनि संक्रमण बढेको देखाएको छ ।
उपत्यकासहित तराईका जिल्लाहरुमा संक्रमण बढेको छ । काठमाडौंमा १२९६, ललितपुरमा २९३, भक्तपुरमा ९५ जनामा संक्रमण देखिएको छ ।
काठमाडौंमा मात्र कुल संक्रमितको संख्या २५ हजार ९९७ पुगेको छ ।
प्रदेश १ मा मोरङमा एकैदिन ३२२ जना संक्रमित थपिएका छन् । सुनसरीमा १९३, चितवनमा १३१, रुपन्देहीमा १३०, बाँकेमा १०६ तथा सुर्र्खेतमा ७८ जनामा संक्रमण देखिएको छ ।
मकवानपुरमा ९९, काभ्रेमा ५१ तथा सुर्खेतमा ७८ जनामा संक्रमण भएको छ ।