Logo
Logo

घुससहित हवल्दार पक्राउ, एसपी पनि छानबिनमा


- दृष्टि न्युज/संवाददाता

1.2k
Shares

काठमाडौं, २३ असोज ।
बाँकेमा कार्यरत नेपाल प्रहरीका हवल्दार १३ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।बाँकेको ईलाका प्रहरी कार्यालय खजुरा खुर्दमा कार्यरत हवल्दार राजेशबहादुर दुवाल १३ हजार रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कोहलपुर बुटवलले जनाएको छ।


उनले निजी जग्गामा रहेको आँपको काठ चिरान मिल र इट्टा भट्टासम्म लैजानका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस मागेको आरोप छ।
शुक्रबार घुस लिइसकेको अवस्थामा बाँकेको जानकी गाउँपालिका ३ मानपुरस्थित लक्ष्मी कोल्ड स्टोर्सबाट अख्तियारको टोलीले पक्राउ गरेको हो।एसपीकै निर्देशनमा हवल्दारले घुस लिएको सूचना अख्तियारको छ ।

बाँके प्रहरीमा पछिल्लो समय घुसखोरी बढेको उजुरी प्रहरी प्रधान कार्यालयमा पुगेको छ । बाँकेका एसप ओमबहादुर राना गृहमन्त्रीका छोरा लगायतसँग सेटिङ मिलाएर कमाउनकै लागि बाँके सरुवा मागेर गएका हुन् । विगतमा पनि उनी विभिन्न काण्डमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्