काठमाडौं, २५ असोज ।
यौनधन्दा अपराधको आरोपमा भक्तपुरबाट १४ जना पक्राउ परेका छन् । प्रहरीले शनिबार ठिमी क्षेत्रका गेष्ट हाउसमा छापा हानी सात महिला र गेष्ट हाउस सञ्चालकहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा हानी उनीहरुलाई पक्राउ गरेको हो ।
सुनकोशी गेष्ट हाउसबाट धनुषाको धारापानी घर भएका २० वर्षीय कमल गिरी, मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ३० वर्षीय रमेश घजु र दोलखाको भिमेश्वर–४ घर भै हाल नयाँठिमी बस्ने २० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी सनसाइन गेष्ट हाउसका धनी रामेछापको उमाकुण्ड–२ घर भइ कौशलटार बस्ने ३८ वर्षीय दिलध्वज खड्का, दाङको राजपुर घर भई ललितपुरको बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङको केराउन–४ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने ३५ वर्षीया महिला, भक्तपुरको चाँगुनारायण–७ का ४७ वर्षीय पुरुष र भोजपुरको षडानन्द–११ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीय पुरुष पनि पक्राउ परेका छन् ।
यसैगरी बालकुमारी गेष्ट हाउसका धनी कालिकोटको नरनाथ–५ घर भई हाल नयाँठिमी बस्ने २४ वर्षीय नरेश बोगटी, सिन्धुलीको गैरीगाउँ–४ घर भई हाल नयाँठिमी बस्ने ३२ वर्षीया महिला, काभ्रेको रोशी–२ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीया महिला, सिन्धुलीको भिमान–२ घर भई जोरपाटी बस्ने २४ वर्षीया महिला, सुनसरीको धरान घर भई हाल लुभु बस्ने २२ वर्षीया महिला र मकवानपुरको कैलास गाउँपालिका–२ घर भई हाल नयाँठिमी बस्ने २७ वर्षीय पुरुष पक्राउ परेका छन् । लकडाउन खुलेपछि ती गेष्टहाउसमा अमार्यादित गतिविधि हुने सूचनाका आधारमा छापा हानी उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।