Logo
Logo

ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद् विस्तार गरेपछि प्रचण्ड– नेपाल रुष्ट


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद् बैठक विस्तार गरेको भन्दै नेकपाभित्र फेरि विवाद बढेको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड तथा बरिष्ठ नेता माधव कुमार नेपालसँग सल्लाह नगरी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

ओलीले तीन मन्त्री नियुक्त गरेर दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । विष्णु पौडेललाई अर्थ, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास तथा लिला श्रेष्ठलाई महिला मन्त्रीमा नियुक्त गरेका छन् । रक्षा मन्त्रालय समेत सम्हालेका ईश्वर पोखरेललाई उपप्रधानमन्त्रीमा सिमित गरिएको छ भने महिला मन्त्री पार्वत गुरुङ सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ ।

नयाँ नियुक्त तीनै जना ओली निकट नेताहरु हुन् ।
मन्त्रिमण्डल पुनर्गठनबारे केही दिनयता ओली र प्रचण्डबीच छलफल चल्दै आएको थियो । बुधबार पनि छलफल भएको थियो । तर, ओलीको सल्लाहविपरीत मन्त्रिमण्डल विस्तार गरेको स्रोत बताउँछ । यसअघि मुख्यसचिवको बढुवा तथा राजदूत नियुक्तिको निर्णय पनि ओलीले एकलौटी रुपमा गरेका थिए । बुधबारको निर्णयले नेकपाभित्र झन् विवाद बढ्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्