Logo
Logo

काभ्रेको रोशीमा सात लाख भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २९ असोज ।
हिमालय मा.वि. रोशी ६, काभ्रेपलाञ्चोकमा जिल्ला शिक्षा कार्यालय, काभ्रेपलाञ्चोकबाट बिल्डिङ्ग मर्मतका लागि प्राप्त रकम काम नगरी झुठ्ठा विवरण पेश गरी झुक्याई मूल्याङ्कन गराई रकम निकासा गरी भ्रष्टाचार गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


रोशी गाउँपालिकाका इन्जिनियर निर्मल लामा स्याङतान, हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक बोधनाथ उप्रेती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामाविरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले निर्माणस्थलमा भएको कार्यको एकिन र वास्तविक नापजाँच नगरी नभए नगरेको ७ लाख ८४ हजार ४ सय ४६ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।
सो रकम बराबरको कार्यसमेत नापी किताबमा उल्लेख गरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी निर्णाणस्थलमा हुँदै नभएको कार्यको भुक्तानी निकालेर खाएको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्