Logo
Logo

सिटिजन्स बैंकद्वारा ११ प्रतिशत लाभांश घोषणा


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, ३ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६ र ०७७ मुनाफाबाट चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सोमबार बैंकको ३४५औँं सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति गरी बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई प्रस्तावित लाभांश वितरण गर्ने बैंकले जनाएको छ ।
उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा ४ प्रतिशत कम हो । बैंकले अघिल्लो आव २०७५ र ०७६ मा सेयरधनीलाई १५ प्रतिशत लाभांश (३ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद) वितरण गरेको थियो ।
साथै, बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता गरी प्रक्रिया अघि बढाएको छ । सो सम्झौताअनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ । बैंकले हाल १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्