काठमाडौं, ४ कात्तिक ।
कोरोना संक्रण नियन्त्रण र व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीमाथि राज्यले अन्याय गरेको छ । एकातर्फ उनीहरुलाई दिने भनिएको जोखिम भत्ता समेत दिइएको छैन अर्काेतर्फ संक्रमित हुँदा उपचार त के खाना समेत पाएका छैनन् ।
कोरोना संक्रमित प्रहरीहरूले आफूहरूले पानीसमेत किनेर खानुपरेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको कवर्ड हलमा राखिएका संक्रमित प्रहरीले यस्तो गुनासो गरेका हुन् । सो हलमा सात जना सिपाही तथा हवल्दारलाई राखिएको छ । सिपाही हवल्दार भएकाले नै आफुहरुलाई हेला गरिएको उनीहरु बताउँछन् । पानी र खाना समेत आफैं किनेर खानुपरेको एक प्रहरीले बताए । यसबारे माथिल्लो निकायमा खबर गर्दा पनि वास्ता नगरिएको उनीहरुको भनाई छ ।
अफिसर तहका प्रहरीलाई संक्रमण भएमा उनीहरुलाई सुविधासहित राखिने तर आफुहरुलाई हेला गरिएको उनीहरुको भनाई छ ।