काठमाडौं, ४ कात्तिक । सिंगो नेपाली जनता दशैँको मुखमा कोरोना कहरमा जीवन र मृत्युसँग संघर्ष गरिरहँदा सरकारसामु चुनौतीको पहाड खडा हुनु स्वाभाविक हो । सिंगो संसार नै कोराना संक्रमणसँग जुधिरहँदा नेपाल पनि यसबाट अछुतो छैन । विश्वका अधिकांश देशहरु यतिबेला संकटसँग जुधिरहेका छन् । उनीहरु पक्ष विपक्षमा नभई एकजुट भई महामारीलाई परास्त गर्न लागेका छन् । नेपालमा पनि शुरुमा सत्तापक्ष र प्रतिपक्ष एकजुट भई महामारीसँग जुध्न बालुवाटारमा हातेमालो गरेका थिए । संविधान निर्माणमा जस्तै अभूतपूर्व एकता त्यो दृश्यले देखाएको थियो । महामारीसँग जुध्न सरकार, प्रतिपक्ष र सर्वसाधारणमा एकताको भावनाले जनताको मनोबल उचो बनायो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुमा कुशल व्यवस्थापनको परिस्थिति बनाउने संकेतहरु पनि गरे । तर, संसद्मा आफ्नै बोलीका कारण उनी हाँस्यका पात्रसमेत बने ।
समाजवाद हुँदै साम्यवादको लक्ष्य राखेको दलका प्रधानमन्त्रीले जनतालाई महामारीको बोझ आफै थाम्नु भन्ने होइन । काँधमा काँध मिलाएर कुशल व्यवस्थापनको जिम्मेवारी निभाएर जनताको जीवन रक्षा गर्नुपर्छ । यो उत्तरदायित्वबाट पन्छिएर बालुवाटारमा बसेर हिमाल तराई र पहाडका जनताको पीडाको रमिते बन्न खोजे देश ठुलो दुर्घटनामा पर्न सक्छ । जनताको आक्रोश सम्हाली नसक्नुको हुन्छ । त्यतिबेला राष्ट्रिय एकता खलल पु¥याउने र अस्थिरताको कारक सरकार स्वयं हुनपुग्छ । अरुलाई दोष थोपरेर दुईतिहाइको सरकार उम्कन मिल्दैन ।
सिंगो देशलाई महामारीविरुद्ध एकतावद्ध बनाउनुपर्नेमा उनी आफ्नै पार्टीका प्रतिष्पर्धीहरुलाई कमजोर बनाउनतर्फ केन्द्रित भए । उनका सल्लाहकारहरुले सत्ता ढाल्न केही नेता लागेको खबर बालुवाटारमा पु¥याए । त्यसले ओली चिढिएनन् मात्र, महामारीमा निभाउनुपर्ने दायित्व बिर्सेर विरोधी तह लगाउन अध्यादेशको बाटो लागे । उनले पार्टीभित्रको ठूलो पंक्तिलाई पेलेरै जाने रणनीति अपनाए । यसले उनको सत्तामा ठूलो संकट आयो । ओली बितेको छ महिनाभित्र दुईपटक सत्ता संकट टार्नमै केन्द्रित भए । उनको ध्यान सत्ता जोगाउन र विपक्षीलाई तह लगाउनमै बित्यो ।
प्रधानमन्त्रीका रुपमा ओली यो परिस्थितिलाई बुझेर संयम हुनुपथ्र्यो । पार्टीभित्र बाहिर सबैलाई मिलाएर जाने र कोरोना महामारीलाई परास्त गर्नेतर्फ लाग्नुपर्दथ्यो । तर, उनी आफ्नो गुटलाई केन्द्रमा राखेर विश्वले भोगिरहेको समस्याबाट देशलाई पार लगाउँछु भन्ने हठमा पुगे । महत्वपूर्ण नियुक्तिहरुमा आफ्नालाई मात्र च्यापे । मन्त्री, राजदूत र मुख्यसचिवको नियुक्तिमा एकलौटी गरे । जसले गर्दा समस्या चुलिएको छ । अब आउने संकट समाधान गर्न सक्ने अवस्था सजिलो छैन । स्थायी कमिटी बैठक छलेका ओलीका लागि आगामी केन्द्रीय कमिटी बैठक फलामको चिउरा बन्न सक्छ । एकपटक पार्टी फुटको विन्दुबाट फर्किएको नेकपाभित्रको विवाद अब पार्टी फुटेर मात्रै समाधान हुन्छ भन्ने विश्लेषण बालुवाटारका सल्लाहकारहरुको रहेको छ । यही सल्लाहकारको गलत विश्लेषणका कारण ओली हठी बन्दैछन् ।
यस्तो महामारीको बेला सरकारको ध्यान जनताको हितमा केन्द्रित छैन भन्ने आभाष दिलाउने गरी आइतबार स्वास्थ्य मन्त्रालयको एउटा आधिकारिक धारणा बाहिर आएको छ । अब कोरोना भाइरसको संक्रमितले आफै उपचार गर्नुपर्ने सरकारको भनाई छ । संक्रमण भए नभएको परीक्षण सर्वसाधारणले आफै गर्न थालेको धेरै भइसकेको छ । सरकारले उपचार सित्तैमा गर्ने भनेपनि सर्वसाधारण आफै उपचार गर्दै आएका थिए । सरकारको पछिल्लो भनाईले जनताको सुरक्षामा भन्दा सरकार अर्थोपार्जनमा केन्द्रित भएको सन्देश जान थालेको छ । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ताको शुरुवात गरी सामाजिक सुरक्षा र जनताको हितमा कम्युनिस्टहरु गम्भीर हुन्छन् भन्ने सन्देश दिएको थियो । तर, यसपटक ओली उग्र पूँजीवादी नेताको रुपमा प्रस्तुत भएका छन् । उनको कार्यशैली र बोली दक्षिणपन्थीको जस्तो देखिनथालेको छ । त्यसैले उनले संघीयताबारे विवादास्पद अभिव्यक्ति पनि दिएका छन् ।
नेपाली सेनाको पृतनापति बैठकमा ओलीले प्रदेश सरकार संघीय सरकारको प्रशासनिक एकाई मात्र भएको टिप्प्णी गरेका छन् । यसबाट ओली संघीयता रुचाइरहेका छैनन् भन्ने देखिएको छ । कतिपय कानुनविद्हरुले यसलाई संघीयताको भावना विपरित भनेका छन् । उनले प्रदेश सरकारलाई कमजोर बनाई संघीय सरकार मातहत ल्याउन खोजेको आशंकाहरु जन्मिएका छन् । ओलीले राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई फेरि अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सृजना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएकाले राज्यको मुख्य नेतृत्व सचेत रहनुपर्ने अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिले धेरै संकेतहरु गरेका छन् । ओलीले जातीय, क्षेत्रीय र साम्प्रदायिक शक्तिहरुलाई कडा चुनौती समेत दिएका छन् । यसबाट देशमा यस्ता शक्तिहरुले फेरि टाउको उठाउन खोजेको सूचना प्रधानमन्त्रीसम्म पुगेको छ । राजनीतिक अस्थितार सृजना गर्न खोजेको भनी उनले आफ्नै पार्टीका केही नेताहरुतर्फ समेत औंला ठड्याएको सन्देश प्रवाह भएको छ । यसबाट नेपालको राजनीतिक फेरि नयाँ टकरावको सम्भावनाहरु बढेको छ ।
प्रधानमन्त्री ओलीसामु देशलाई समृद्धितर्फ बढाउने ठुलो अवसर आएको थियो । उनले शुरुमा यसतर्फ काम नगरेका होइनन् । तर, विस्तारै उनको ध्यान अन्यत्र मोडिन थाल्यो । यसबाट उनले दुई तिहाईको सरकार बनाएर पाएको अवसरलाई गुमाउनतर्फ लागेको देखिदैछ । यो उनको राजनीतिक जीवनका लागि मात्र नभई कम्युनिस्ट आन्दोलनकै लागि ठुलो क्षति बन्नसक्छ । आफ्ना कमी कमजोरीको समीक्षा गर्नतर्फ भन्दा त्यसलाई ढाकछोप गरी विपक्षीमाथि खनिने कार्यशैली ओलीमा हावी हुँदै गएको छ । आफूले काम गर्न नसक्ने र विरोधीले अस्थिरता फैलाउन खोजे भन्दै आरोप लगाएर जिम्मेवारीबाट पन्छन खोज्ने शैली देखिनथालेको छ । दुई तिहाईको सरकार आफै अस्थिरता मच्चाउन लागेको विषय नउठेको होइन । ओलीमाथि सत्ता जोगाउन पार्टी विभाजन गर्न खोजेको सम्मको आरोप लाग्यो । उनका लागि पार्टीभन्दा गुट ठुलो हुनपुगेको छ । यो नै प्रधानमन्त्री ओलीको मुख्य समस्या हो ।
सरकारको कार्यशैलीप्रति जनतामा तिव्र असन्तोष बढेको छ । कोरोनाको टेष्ट हुँदै उपचार आफै गर भन्ने सरकारको हुकुमी निर्देशनले नकारात्मक सन्देश प्रवाह भएको छ । दशैंको मुखमा जनता महङ्गीको मारमा परेका छन् । यसले जनतामा बढ्दो असन्तुष्टि भुसको आगो जस्तै बनेको छ । ओलीका सल्लाहकारहरु यो आगोलाई भुसैले छोप्न खोज्दैछन् । तर, त्यो आगो सल्किएर भयावह परिस्थिति सृजना हुनसक्छ । त्यतिबेला दन्केको आगो ओलीको सिंगो टिम नै निभाउन नसक्ने हुनसक्छ । ओलीले यसको बेलैमा हेक्का राख्न जरुरी छ, जनताले दिएको म्यान्डेट र अवसरलाई एक सेकेन्ड पनि खेर नफाली जनउत्तरदायी बन्न जरुरी छ । समाजवाद हुँदै साम्यवादको लक्ष्य राखेको दलका प्रधानमन्त्रीले जनतालाई महामारीको बोझ आफै थाम्नु भन्ने होइन । काँधमा काँध मिलाएर कुशल व्यवस्थापनको जिम्मेवारी निभाएर जनताको जीवन रक्षा गर्नुपर्छ । यो उत्तरदायित्वबाट पन्छिएर बालुवाटारमा बसेर हिमाल तराई र पहाडका जनताको पीडाको रमिते बन्न खोजे देश ठुलो दुर्घटनामा पर्न सक्छ । जनताको आक्रोश सम्हालिनसक्नुको हुन्छ । त्यतिबेला राष्ट्रिय एकता खलल पु¥याउने र अस्थिरताको कारक सरकार स्वयं हुनपुग्छ । यसलाई बेलैमा हेक्का राखी महामारीमा राष्ट्रिय एकता कायम गरी मिलेर जुध्ने वातावरण बनाउन ओली आवश्यक पर्दा एक कदम पछाडि हट्न या लचिलो हुन तयार हुनुपर्छ । देशले भोगिरहेको चुनौतीको सामना गरी जनतालाई कोरोनाबाट सुरक्षा दिन ओलीले त्यागको भावना देखाउन तयार हुनुपर्छ ।