काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारणसभा २०७७ कात्तिक ५ गते बुधबार सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरी सञ्चालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको २२.२२ प्रतिशत नगद लाभांशसमेत दिने भएको छ ।
एकमात्र शेयरधनी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको प्रतिनिधि बरुण श्रेष्ठले बैंकको तर्फबाट प्रतिनिधित्व गर्नुभएको उक्त साधारणसभाको सभापतित्व सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवालले गरेका थिए । उक्त सभामा सञ्चालक सदस्यहरु दीपककुमार श्रेष्ठ, बन्दना थापा र रवीन्द्र भट्टराईको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी नियमन निकायका प्रतिनिधिहरु, लेखापरीक्षक तथा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत अन्य पदाधिकारीहरुको समेत समुपस्थितिमा सम्पन्न भएको थियो ।