Logo
Logo

कोरोना परीक्षण र उपचार निःशुल्क गर्न विप्लवद्वारा सरकारको ध्यानाकर्षण


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ५ कार्तिक । सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कोरोना परीक्षण र उपचारको व्यवस्था निःशुल्क गर्न सरकारसँग माग गरेको छ । विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र तथा जनताप्रति उत्तरदायित्वविहीन र हदैसम्म गैरजिम्मेवार बनिरहेको समते आरोप लगाएका छन् ।
सरकारको यस किसिमको क्रियाकलापले नेपालका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन–प्रतिदिन अझ जटिल र संकटपूर्ण बन्दै गइरहेको उनको दावी छ ।
विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना महामारीको विश्वव्यापी प्रकोपले विश्व र नेपाली जनतामा पारेको भयावह अवस्थामा सरकारले राज्यको सम्पूर्ण शक्ति कोरोनाको नियन्त्रण र कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अत्यन्तै निकृष्ट र अमानवीय विषय हो । यसले सरकारको जनताप्रतिको चरम लापरबाही र असंवेदनशीलतालाई नै पुष्टि गरेको छ । हाम्रो पार्टी यतिबेला सरकारले सम्पूर्ण जनसमुदायलाई कोरोनाको निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गर्दछ ।’
विप्लवल कोरोना महामारीविरुद्ध निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा कतिपय अवस्थामा उल्टै प्रताडित हुनुपरेका घटनाहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टी कोरोना महामारीका क्रममा ज्यान जोखिममा राखी अग्रमोर्चामा खटिरहेका सम्पूर्ण सुरक्षाकर्मी, प्रहरी, स्वास्थ्यकर्मी, डाक्टर, नर्स, सफाइकर्मीलगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गर्दछ ।’
साथै, विरोधका कार्यक्रम समेत सार्वजनिक गरिएको छ । विप्लवद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य संकटमा भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने हर्कत भइरहेको भन्दै सो पार्टीले कात्तिक १५ गते देशभर कोणसभा, १७ गते पर्चा वितरण र २० गते विोधजुलुस निकाल्ने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्