काठमाडौं, ५ कात्तिक ।
काठमाडौं जिल्लामा मात्र कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बुधबारको तथ्याङकअनुसार काठमाडौंमा संक्रमितको संख्या ५० हजार ५ सय ६४ पुगेको छ । बुधबार मात्र काठमाडौंमा २ हजार ३ सय १९ जना थपिएका थिए ।
त्यस्तै ललितपुरमा संक्रमितको संख्या ७ हजार एक सय ५८ पुगेको छ । बुधबार ललितपुरमा ५ सय ४३ जनामा संक्रमण देखिएको थियो ।
त्यस्तै भक्तपुरमा संक्रमितको संख्या ४ हजार ८ सय ६२ पुगेको छ । बुधबार भक्तपुरमा एक सय ७३ जना संक्रमित भएका छन् ।
सबैभन्दा धेरै कोराना संक्रमित हुने जिल्लामा काठमाडौपछि मोरङ र ललितपुर छ । मोरङमा ७ हजार २ सय १८ जनामा संक्रमण भएको छ ।
चौथोमा रुपन्देही, पाँचौमा सुनसरी, छैंठौंमा भक्तपुर र सातौंमा चितवन छ ।