Logo
Logo

दुई सातापछि ओली–प्रचण्ड भेटवार्ता


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, १५ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुई अध्यक्षपछि दुई सातापछि भेटवार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड शनिबार बालुवाटार पुगेका छन् ।


४ कात्तिकदेखि दुई अध्यक्षबीच भेटघाट भएको थियो । राजनीतिक नियुक्तिदेखि मन्त्रिमण्डल विस्तारमा आफुलाई बेवास्था गरिएको भन्दै प्रचण्ड असन्तुष्ट बनेका थिए । साथै कर्णाली प्रदेशको विवादका विषयमा पनि दुई अध्यक्षले फरक फरक निर्देशक दिएका थिए ।
दुई अध्यक्षबीच विविध विषयमा विवाद बढेपछि प्रचण्ड बालुवाटार जान छाडेका थिए । ओली निकट नेताहरु प्रचण्ड निवास गएर फकाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्