Logo
Logo

तत्काल सचिवालय बैठक बोलाउन प्रचण्डको माग


- दृष्टि न्युज/संवाददाता

378
Shares

काठमाडौ, १५ कात्तिक ।

नेकपा अध्यक्ष प्रचण्डले तत्काल पार्टीको सचिवालय बैठक बोलाउन माग गरेका छन् । अध्यक्ष तथा प्रधानमनत्री केपी ओलीसँगको छलफलमा उनले यस्तो माग राखेका हुन् । शनिबारको छलफलमा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको विवाद समाधानका लागि तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका हुन ।


११ दिनपछि संवादहीनता तोड्दै शनिबार दिउँसो प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका प्रचण्डले निष्कर्षविहीन छलफल चलाउनुभन्दा सचिवालयको बैठक बोलाएर पार्टीभित्रका विवाद समाधान गर्न प्रस्ताव राखेको प्रचण्ड सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री र भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता, पर्सामा कार्याकर्ता हत्या प्रकरण, कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद, स्थायी कमिटीले अघि सारेका एजेण्डामाथि छलफल भएको स्रोतले बतायो।

प्रधानमन्त्रीको भारतीय गुप्तचर प्रमुखसँगको भेट, राजदूत नियुक्ति, मन्त्री नियुक्ति एकलौटी गरेको, कर्णाली प्रदेशमा देखिएको पार्टी विवाद, पर्साका जिल्ला नेता महेश चौरसियाको मृत्युलगायतका विषयले नेकपाभित्र नयाँ विवाद सिर्जना गरेको छ ।
साथै स्थायी कमिटीले सरकारको समीक्षासहित मन्त्रिपरिषद्को पुनर्गठन र राजनीतिक नियुक्तिको मापदण्ड तयार गरेर पार्टीको सहमतिअनुसार सरकार अघि बढ्ने भनिएपनि प्रधानमन्त्री ओली एकलौटी ढंगले अघि बढेपछि अध्यक्षद्वायबीच सम्बन्ध चिसिएको थियो । जसकारण ११ दिनसम्म दुई नेताबीच भेटवार्ता समेत हुन सकेको थिएन । ओलीले सचिवालय बैठक बोलाउने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्