Logo
Logo

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ


- दृष्टि न्युज/संवाददाता

126
Shares

झापा, १६ कात्तिक । झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका २६ ग्राम ब्राउनसुगरसहित भारतको पश्चिम बंगालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

आलम भारतबाट नेपालतर्फ अवैधरूपमा लुकाइछिपाइ ब्राउनसुगर ल्याउँदै गर्दा चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्