Logo
Logo

ललितपुरमा ११ लाखसहित १७ जुवाडे समातिए


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, १६ कात्तिक ।
लतिलपुरमा १७ जना जुवाडे पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीबाट १७ जुवाडे साढे ११ लाखसहित पक्राउ परेका हुन् ।


भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का ४९ वर्षीय सुरेश पौडेल, ३६ वर्षीय विकास श्रेष्ठ, ४३ वर्षीय पूर्णकृष्ण श्रेष्ठ, ४३ वर्षीय केशव बस्नेत, ४३ वर्षीय पवन खत्री, ५४ वषीय श्याम कायस्थ, ५७ वर्षीय मधुसुदन महत पक्राउ परेका हुन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५४ वर्षीय भुवन राना, बेलबहादुर बुढाथोकी, ४६ वर्षीय शिबबहादुर बुढाथोकी, ४३ वर्षीय सन्तोष रानामगर, ४३ वर्षीय दीप श्रेष्ठ, ५४ वर्षीय शंकर बस्नेत, ४५ वर्षीय भरत थापा, ४० वर्षीय राजाराम बस्नेत, ५० वर्षीय राजन महर्जन र काठमाडौं–३२ का ४९ वर्षीय गोकुल खड्का पनि पक्राउ परेका छन्।
चागाथलीमा रहेको शंखर बस्नेतको घरमा उनीहरु जुवातास खेलिरहेका थिए। महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी निरीक्षक श्याम कटुवाल नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ११ लाख ५४ हजार ५ सय ७५ रुपैयाँ नगद बरामद गरिएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्