Logo
Logo

नेकपामा चर्कियो विवादः ओलीद्वारा पार्टी फुटाउने प्रस्ताव


- दृष्टि न्युज/संवाददाता

2.4k
Shares

काठमाडौं, १६ कात्तिक ।
सत्तारुढ नेकपाभित्रको विवाद गम्भीर मोडमा पुगेको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको बताएका छन्।


आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधामन्त्री ओलीले यस्तो प्रस्ताव राखेको बताएका हुन्। पार्टीका महासचिव विष्णु पौडेलले समेत विवाद गम्भीर मोडमा पुगेको आइतबार नै बताएका थिए ।

विवाद बढेपछि प्रचण्डले नेताहरुसँग छलफल गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेब गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ’बादल’ खुमलटारमा आज भेला भएका थिए। सोही भेलामा प्रचण्डले ओलीको प्रस्ताव सुनाएका हुन् । एक नेताका अनुसार प्रधानमन्त्रीले पार्टी अलग अलग जाउँ भनेर प्रस्ताव गरेका छन् ।
विवाद चर्किएपछि दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । तर, यसपटकको नेकपा विवाद वारपारको अवस्थामा पुगेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्