Logo
Logo

रारा चाउचाउका मालिक समेत रहेका सांसद केसीको निधन


- दृष्टि न्युज/संवाददाता

378
Shares

पोखरा, १८ कात्तिक ।

प्रतिनिधिसभा सदस्य उद्यमी सूर्यबहादुर केसीको सोमबार राति पोखरामा निधन भएको छ । मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको पोखाको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको हो ।


नेपाली कांग्रेसका नेता समेत रहेका केसी प्रतिष्ठित उद्योगी हुन् । दक्षिण एसियामा चाउचाउ उत्पादन सुरु गरेको श्रेय उनैलाई जान्छ । हिमश्री फुड्स प्रालि स्थापना गरेर उनले दक्षिण एसियामै पहिलोपल्ट पोखरामा ‘रारा’ चाउचाउ उत्पादन सुरु गरेका थिए । निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हालेका उनले बैंकिङ, रियल स्टेट, जलविद्युत, खाद्य क्षेत्रमा ठूलो लगानी गरेका थिए । केही समययता केसी बिरामी थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत केसीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्