Logo
Logo

ढकाल प्यानलबाट एशोसिएट्स, वस्तुगत र जिल्लातर्फका केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १९ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफू नेतृत्वको टिमको जित आवश्यक रहेको बताएका छन् ।

‘निजी क्षेत्रका सानो व्यवसाय प्रवद्र्धनदेखि तथा ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सिर्जना गर्ने उद्देश्यअनुरुप मेरो नेतृत्वमा हामीले उम्मेदवारी दर्ता गराएका छौं’, आफ्नो टिमका सदस्यहरुको उम्मेदवारी दर्ता कार्यक्रममा उनले भने, ‘मेरो नेतृत्वको टीमले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघको तर्फबाट नीतिगतरुपमा व्यावसायिकमैत्री वातावरण बनाउन सरकारसँग अझ सशक्त रुपमा लविङ गर्नेछ ।’

यसैगरी कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको टिमले समावेशीरुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जित सुनिश्चित रहेको बताए । उनले उक्त दौडका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टिम नै सबल र सक्षम भएको र सफल हुने दाबी गरे ।

ढकाल प्यानलबाट मंगलबार नै विभिन्न व्यक्तिहरुले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । जसमा वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल प्यानलबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । यस प्यानलबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गरिसकेको एक सदस्यका प्रत्यासीले बताए ।

यसैगरी एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित वस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सदस्यहरुले पनि केही दिनभित्रै आ–आफ्नो उम्मेदवारी गर्दा गराउने जानकारी सोही टीमले दिएको छ ।

साथै बाँकी केही साथीहरुले पनि केही दिनभित्रै सदस्य पदमा उम्मेदवारी गर्दा गराउने ढकाल प्यानलका जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधि तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्