Logo
Logo

सनराइज बैंकले एकैदिन सञ्चालमा ल्यायो तीन नयाँ शाखा


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं । सनराइज बैंकले एकैदिन तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा गरी तीन वटा शाखा कात्तिक १७ गतेदेखि सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखा विस्तारसँगै बैंकको १३९ शाखा, ५१ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टर र १६१ एटिएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि थप शाखा सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्