काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज (कात्तिक १९ गते)देखि नवलपुर (नवलपरासीपूर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं १५ स्थित प्रगतिनगरमा २११औं शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीले गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २११ शाखा कार्यालय, १९५ एटिएम, ५६ एक्स्टेन्सन काउण्टर तथा १७ शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाएको छ ।