काठमाडौं, २० कात्तिक ।
नेकपाको नेतृत्वमा विवाद झनै बढेको छ । बिहीबार दुई अध्यक्षबीच भएको भेटवार्तामा सुरुमै चर्काचर्की परेको छ । जसकारण प्रचण्ड केही छिनमै बालुवाटारबाट निस्किएका छन् । स्रोतका अनुसार अब आफु छलफलका लागि बालुवाटार नआउने भन्दै उनी निस्किएका छन् ।
प्रचण्डले एक्लाएक्ले छलफल भन्दा पनि सचिवालय बैठक बोलाउन मागरेपछि ओली रिसाएका थिए । त्यसपछि विवाद भएको हो ।
गत साता ओलीले पार्टी अलग गरेर जाने प्रस्ताव गरेका थिए । त्यसपछि नेकपाभित्रको विवाद चर्किएको थियो ।
अब प्रचण्डले ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउनेबारे छलफल थालेका छन् । प्रचण्ड र माधव नेपाल पक्षले यसबारे बिहीबार कानूनी परामर्श समेत गरेको स्रोत बताउँछ । पूर्व महान्यायधीक्ता मुक्ति प्रधान तथा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसँग उनीहरुले छलफल थालेका छन् ।