काठमाडौं, २१ कात्तिक ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद चर्किएपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । कार्यकारी अध्यक्षका रुपमा काम नगरेको भनेर टिप्पणी हुन थालेपछि प्रचण्डले पार्टी कार्यालयबाट छलफल सुरु गर्न लागेका हुन् ।
दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।
बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् । बिहीबार प्रचण्ड र ओलीबीच बालुवाटारमा भएको भेटमा भनाभन भएको थियो ।