Logo
Logo

पार्टीमा विधिको माग गर्दै प्रचण्डसहितका नेता पत्र लिएर बालुवाटार


- दृष्टि न्युज/संवाददाता

567
Shares

काठमाडौं, २२ कात्तिक ।
पार्टीमा विधिको माग गर्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच शीर्ष नेता प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । शुक्रबार प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको निष्कर्षअनुसार प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ अर्का अध्यक्ष ओलीलाई भेट्न लिखित पत्रसहित बालुवाटार पुगेका हुन् ।

अनौपचारिक बैठकमा प्रचण्डले सहभागी नेताहरूलाई पार्टी फुटको गम्भीर दुर्घटनातिर जाने सम्भावना देखिएकै कारण ओलीसँगको समझदारीमै अनौपचारिक बैठक गर्नुपर्ने अवस्था आएको जानकारी गराएपछि बैठकले एकता जोगाउनका लागि प्रधानमन्त्रीलाई सामूहिक रूपमा भेटेरै बैठकका लागि अनुरोध गर्ने निष्कर्ष निकालेको थियो ।

शुक्रबारको निर्णयअनुसार शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पार्टीमा उत्पन्न संकटबारे छलफल गरेका थिए । अनौपचारिक बैठकपछि ओलीलाई बैठकका लागि मनाउन लिखित पत्रसहित भेट्न उनीहरु बालुवाटार पुगेका हुन् । ओली र पाँच नेताबीच बालुवाटारमा छलफल भइरहेको छ ।
प्रचण्डसहितका नेताले सचिवालयको बैठक बोलाउनेदेखि पार्टी निर्णय मान्न ओलीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्