Logo
Logo

नेपाल–भारत सम्बन्ध : सुधारको संकेत


-रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

441
Shares

  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

गत नोभेम्बरमा भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेखलाई गाभेर आफ्नो राजनीतिक, प्रशासनिक मानचित्र प्रकाशित गर्यो । र, त्यसको प्रतिउत्तरमा नेपालले पनि आफ्नो उपरोक्त सम्पुर्ण भू–भागसहितको मानचित्र प्रकाशित गर्यो । र सोही बमोजिम संविधान संशोधन गरेर कालापानी, लिम्पियाधुरा र लिपुलेखसहितको निशान छापसमेत प्रकाशित ग¥यो । त्यसपश्चात्त हाल नेपाल–भारत सम्बन्ध लगभग संवादहीनता र असहजताको स्थितिमा छ । गएको साता यो परिस्थितिमा परिवर्तन ल्याउँनका लागी दुवै पक्ष लागिपरेको संकेत देखिएको छ ।

कोभिडको शुरुआती चरणमा प्रधानमन्त्री ओलीले चीनलाई पनि राजदूतमार्फत एक लाख थान मास्क दिएका थिए । यसबाट के स्पष्ट हुन्छ भने जनरल थापाले पनि भारतलाई एकलाख थान मास्क दिएर दुवै छिमेकीसँगको सम्बन्धमा सन्तुलन गर्न खोजेको देखिन्छ । यस्तै शान्तिका प्रतिक बुद्धको प्रतिमा दिएर दुवै देशको बीचमा रहेको समस्याको समाधान शान्तिपूर्णरुपमा वार्ताको टेबलमा बसेर खोज्नुको विकल्प छैन भन्ने सन्देश पनि दिन खोजेको देखिन्छ ।

केही दिनअघि भारतको बाह्य सुरक्षा हेर्ने भारतीय गुप्तचर संस्था रअ (अन्वेषण एवं विश्लेषण विभाग) रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख सामन्तकुमार गोयल ठूलो तामझामका साथ नेपाल आएर प्रधानमन्त्री केपी ओलीलाई भेटेर फर्कीसकेका छन । यद्यपि, प्रधानमन्त्री ओलीले गोयल भारतीय प्रधानमन्त्री मोदीका विशेषदूतका रूपमा आएको भनेता पनि भारत सरकारको तर्फबाट त्यसको पुष्टि हालसम्म भएको छैन ।

यसको लगत्तै हालै भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपालको औपचारिक भ्रमण भएको छ । ऊनी भारतको डिफेन्स कलेजबाट दीक्षित नेपालका प्रधान सेनापति जनरल पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा आएका थिए । जनरल नरवणे एकअर्का देशका सेनापतिलाई परम्परागत रूपमा दिइने नेपाली सेनाको मानार्थ महारथी पद ग्रहण गर्न काठमाडौं आएका थिए । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न, खड्ग र प्रमाणपत्र ग्रहण गरेका थिए ।

प्रधानसेनापति थापाले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा जनरल नरवणेको स्वागत गर्दै अर्थपूर्णरूपमा जनरल नरवणेलाई नेपालमा निर्मित एक लाख थान मास्क र भगवान बुध्दका प्रतिमा उपहार दिएका थिए । यहाँनेर मननयोग्य कुरा के छ भने कोभिडको शुरुआती चरणमा प्रधानमन्त्री ओलीले चीनलाई पनि राजदूतमार्फत एक लाख थान मास्क दिएका थिए । यसबाट के स्पष्ट हुन्छ भने जनरल थापाले पनि भारतलाई एकलाख थान मास्क दिएर दुवै छिमेकीसँगको सम्बन्धमा सन्तुलन गर्न खोजेको देखिन्छ । यस्तै शान्तिका प्रतिक बुद्धको प्रतिमा दिएर दुवै देशको बीचमा रहेको समस्याको समाधान शान्तिपूर्णरुपमा वार्ताको टेबलमा बसेर खोज्नुको विकल्प छैन भन्ने सन्देश पनि दिन खोजेको देखिन्छ ।

जनरल नरवणेले आफ्नो तीन दिने नेपाल भ्रमणको अन्तिम दिन भर्खरै रक्षा मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री ओलीलाइ भेटेका थिए । उक्त भेटबारे प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार राजन भट्टराईले भनेका छन– ‘दुईवटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकबीच राम्रो सम्बन्ध छ तर त्यसका बाबजुद नजिकका छिमेकी पनि भएकाले हामीबीचमा केही समस्या पनि छन् । तिनीहरूलाई संवादका माध्यमबाट समाधान गर्नुपर्छ भन्ने हाम्रो भनाइ रहँदै आएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देशसमेत सुनाएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । छलफलमा नेपाल र भारतबीचको विस्तृत दुईपक्षीय साझेदारीबारे छलफल भएको दूतावासले जनाएको छ ।

उपरोक्त विश्लेषणबाट के कुरा स्पष्ट हुन्छ भने एकवर्षदेखि दुबै देशबीच रहेको चिसो सम्बन्ध सुधार गर्न दुबै छिमेकी आतुर छन । यी दुई महत्वपूर्ण भ्रमणबाट बन्द रहेको उच्चस्तरीय राजनीतिक संवादको बाटो खोल्न अवश्य नै सघाउ पुग्ने छ र नेपाल–भारत सम्बन्ध पूर्ववत अवस्थामा फर्कने छ । त्यसै पनि भारतजस्तो बहुआयामिक सम्बन्ध भएको नजिकको छिमेकीसँगको संवादहीनताले दुवै छिमेकिको भलो हुँदैन । वार्ताको टेबलमा आएपछि समस्या समाधानका अनेक उपायहरू आउनेछन् र त्यसले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्नेछ ।

Twitter: @rmshghimire

 

प्रतिक्रिया दिनुहोस्