Logo
Logo

आफुविरुद्धको मुद्दा खारेज भएको भन्दै वामदेवले दिए सबैलाई धन्यवाद


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, २६ कात्तिक ।
नेकपाका उपाध्यक्ष तथा राष्ट्रिसभाका सदस्य वामदेव गौतमले आफुविरुद्धको रिट खारेज भएको र यस प्रकरणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले संविधानको सर्वाेच्चता, विधि र पद्धतीमा सधैं अडिग रहेको बताएका छन् ।


यस्तो छ उनको बिज्ञप्ती–
राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलास ले खारेज गरेको छ ।

यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।

वास्तवमा यो विषय कुनै पद र प्रतिष्ठासँग गाँसिएको थिएन । हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु ।
वामदेव गौतम
उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

प्रतिक्रिया दिनुहोस्