Logo
Logo

धनतेरसमा एनआईबीएल एसको खुलामुखी योजना इकाइ खरिद योजना


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) सञ्चालनमा आएको एक वर्ष पूरा भइसकेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम अनलाइन प्रणालीबाट इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाएको यस फण्डले यस वर्षको धनतेरसको पावन अवसरमा इच्छुक लगानीकर्तालाई उक्तएनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मा लगानी गरी पुँजीबजारमा लगानीको शुभारम्भ गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी गराएको छ । क्यापिटलले यही शुक्रबार अर्थात २०७७ कात्तिक २८ गते धनतेरसको दिन बिहान ११ बजेदखि दिउँसो १ बजेसम्म इकाई अनलाइनमार्फत खरिद गर्न मिल्ने व्यवस्था मिलाइएको व्यहोरा जानकारी गराएको छ ।

लगानीका लागि शुभदिन मानिने धनतेरसमा एनआइबिएल सहभागिता फण्डका इकाइहरु खरिद गरी लगानीको शुभारम्भ गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्