Logo
Logo

प्रभु बैंकको क्यू आर क्यास विथड्र सेवा सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो नेपाली बैंकिङ इतिहासमा नबिनतम् प्रयोग हो । यो सेवा बंैकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ । यसबाट नगद झिक्नको लागि चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनुहुनेछ ।

बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्