काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिकास्थित वडा नं ०७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट २०७७ कात्तिक २७ गतेदेखि कारोबार सुरु भएको हो ।
नेपाल राष्ट्र बैंक तथाअन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाहगरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २११ वटा शाखाकार्यालय, २०१ वटा एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखारहित बैंकिङ सेवामार्पmत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।