Logo
Logo

माछापुच्छ्रे बैंकको डिजिटल देउसीभैलो, सर्वोत्कृष्टले प्रस्तुति ५० हजार प्राप्त गर्ने


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा डिजिटल देउसीभैलोको आयोजना गरेको छ । देउसीभैलोमा सहभागी हुन सहभागीहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देशमूलक देउसीभैलो गीत भिडियोसहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियोमध्ये सर्वोत्कृष्ट प्रस्तुतिले लाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुति बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागीहरुले बढीमा ३ मिनेटसम्मको भिडियो यही मंसिर १ गतेसम्म पठाउनुपर्ने छ । कोरोना भाइरसको जाखिमले गर्दा अघिल्ला वर्षहरुमा जस्तो घरघरमा गएर देउसीभैलो खेल्ने अवस्था नरहेकाले आफूसँग प्रतिभा रहेका व्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसीभैलो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

बैंकले विशुद्ध बैंकिङ सेवाको साथ विभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्