काठमाडौं, ३ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । दिउँसो १ बजे बालुवाटारमा उनले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
दिउँसो १ बजे नै पार्टीको सचिवालयको बैठक समेत तय भएको छ । सो बैठकलाई टार्न उनले त्यही समयमा मन्त्रिपरिषद्को बैठक बोलाएको आँकलन गरिएको छ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएपनि उनले बुधबार आकस्मिक रुपमा बैठक बोलाएका छन् ।
ओलीले आजको बैठक स्थगतको प्रयास गरेपनि प्रचण्ड तथा माधव नेपाल पक्षले मानेका छैनन् । आजको बैठकमा प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री वा पार्टीको अध्यक्ष पदबाट राजिनामा दिन लगाउने उनीहरुको तयारी छ। जसकारण ओली बैठकलाई सकेसम्म टार्नतर्फ लागेका छन् ।