Logo
Logo

अध्यक्ष ओलीसहित बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकका लागि १५ मिनेट अगाडि नै बालुवाटार पुगेका थिए भने अन्य नेताहरु पनि तोकिएको समय १ बजे नै पुगेका छन् । शुक्रबारको बैठकमा पेश अध्यक्ष प्रचण्डको प्रस्तावको जवाफ अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिने तयारी छ ।

यसअघि ओलीले प्रचण्डले राखेको प्रतिवेदनको जवाफ नदिने नेताहरुसँग बताएका थिए । तर, विभिन्न छलफल र भेटवार्तापछि ओली छलफलमा बस्न तयार भएको जनाइएको छ । ओलीले प्रचण्डको प्रस्तावको जवाफका लागि केही दिनको समय ओलीले माग्ने तयारी रहेको बताइएको छ ।

आजै दुई बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । त्यसैले सचिवालय बैठक छोटो समय मात्रै बस्ने तयारी छ । सचिवालय बैठक बस्नुअघि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आजै शीतल निवास पुगेका थिए ।

सचिवालय बैठक बस्ने समयमै मन्त्रिपरिषद् बैठक बस्ने जानकारी मन्त्रीहरुलाई हिजो साँझ दिइएको थियो । तर, बुधबार बिहान प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक एक घण्टापछि सारेर २ बजे बस्नेत तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्