Logo
Logo

नेकपाको विवाद मत्थर !


- दृष्टि न्युज/संवाददाता

1.1k
Shares

काठमाडौं, ३ मंसिर ।
सत्तारुढ नेकपाभित्रको विवाद केही मत्थर भएको छ । विवादउपर थप आन्तरिक छलफल गर्न १० दिनका लागि बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री ओलीले बुधबारकै बैठक सार्न प्रस्ताव गरेका थिए । तर,प्रचण्ड र माधव नेपाल पक्षले नमानेपछि उनी बैठक बोलाउन बाध्य भएका थिए । बैठकमा वारपार हुने आँकलन गरिएको थियो ।


विगतमा भन्दा ओली केही लचिलो भएका छन् । प्रचण्डको प्रस्तावलाई काउन्टर दिदै उनले १३ गतेको बैठकमा नयाँ प्रस्ताव पेश गर्ने भएका छन् । जसकारण केही दिनका लागि विवाद मत्थर भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले आफुमाथि प्रचण्डबाट तथ्यहिन आरोप लगाईको भन्दै त्यसको एक एक जवाफ प्रतिवेदनमार्फत दिने बताएका छन् । प्रचण्डले यतीदेखि ओम्नीसम्मको भ्रष्टाचारको संरक्षण ओलीले गरेको आरोप लगाएका थिए ।

बुधबारको बैठकले १८ गते स्थायी कमिटी तथा २५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्