काठमाडौैं, ९ मंसिर ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमाथि १० दिनपछि प्रष्टिकरण दिएका छन् । न्यायपालिकासँग सम्बन्धित विषयमा उनको सचिवालयले मंगलबार बिज्ञप्ती निकालेको छ ।
जसमा प्रधानमन्त्रीको न्यायलयप्रतिको धारण प्रष्ट हुन चाहेको तथा स्वतन्त्र न्यायपालिका र यसका प्रमुखसँग सम्बन्ध नभएको औंल्याइएको छ । प्रधानमन्त्रीले न्यायालयमाथि समेत हस्तक्षेप गर्न खोजेको अर्थ लागेपछि प्रचण्डले यसमा स्पष्टिकरण दिएका हुन् ।