काठमाडौं, ११ मंसिर।
नेपाल प्रहरीका दुई एसपीको जागिर धरापमा परेको छ । आफ्नै प्रहरीहरुसँग पैसा उठाउने गरेको खुलेपछि एसपीहरु रामेश्वर यादब र विमल बस्नेतको जागिर धरापमा परेको हो ।
प्रदेश ट्राफिक कार्यालय कर्णालीको प्रमुखको रुपमा काम गर्दा उनीहरुले अनियमितता गरेको पुष्टि भएको हो । प्रहरी प्रधान कार्यालयले उनीहरुमाथि छानबिन सकाएर कारबाही सिफारिस गरेको छ । उनीहरुलाई निलम्बन गर्ने तयारी भइरहेको प्रहरी स्रोत बताउँछ । दुवै एसपी पटक पटक कारबाहीमा परेका अधिकारीका हुन ।