Logo
Logo

विमानस्थलबाट रोकिएन सुन तस्करी, कोटेश्वरका सुन पसले समातिए


- दृष्टि न्युज/संवाददाता

1.8k
Shares

काठमाडौं, १४ मंसिर ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै पनि सुन तस्करी भइरहेको खुलेको छ । विमानस्थलबाट तस्करी गरी ल्याइएको सुनसहित प्रहरीले एक सुन पसलेलाई पक्राउ गरेको छ ।
कोटेश्वरका सुन पसले कुमार सेञ्चुरीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । सुन ल्याउने गंगाबहादुर थापा मगर पनि पक्राउ परेका छन् ।


सिनांमगल स्थित गोल्डेन गेट अगाडी गंगा बहादुर थापा मगर लाई शंकास्पद अबस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट एघार लाख छयासी हजार पाँच सय फेला पारी बरामद गरेको र अनुसन्धान गर्दा राजश्व छलि गरी ल्याएको सुनको बालाहरु काठमाण्डौ को कोटेश्वरमा स्काई ज्वलेर्स संचालन गरि बस्ने कुमार सेन्चुरीलाई बिक्री गर्ने गरेको खुलेको थियो । प्रहरीले सो ज्बलेर्सबाट तस्करी गरि ल्याइएको एक सय ५० ग्रामका तीन वटा सुनका बाला समेत बरामद गरेको छ ।

यो गिरोहले विदेशबाट फर्कने कामदारलाई प्रयोग गरी सुन तस्करी गरेको खुलेको छ । ५० ग्रामसम्म सुन विदेशबाट ल्याउन पाइने प्रावधान भएकाले ५० ग्रामको सुनको बाला बनाई ल्याउने गरिएको छ । यसमा विमानस्थलमा प्रहरी र भन्सारको भूमिका समेत शंकास्पद देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्