काठमाडौं, १५ मंसिर ।
डिआईजी विश्वराज पोखरेल एआईजी बढुवामा सिफारिस भएका छन् । गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले उनलाई सिफारिस गरेको हो ।
बढुवाका लागि पोखरेल आफैंले लबिङ गरेर एआईजीको दरबन्दी थपेका थिए । दरबन्दी थपेको दुई सातामै उनको सिफारिस भएको छ ।
हालका महानिरीक्षक शैलेश थापा क्षेत्री २०७९ को बैशाख १९ गते अवकाश पाएपछि पोखरेललाई आईजिपी बनाउन बढुवा गरिएको हो । पोखरेल कमजोर कार्यक्षमता भएका तर चाकडीमा सबैभन्दा अब्बल प्रहरी अधिकारी हुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोडमा उनी बढुवा भएका हुन् ।