Logo
Logo

प्रभु बैंकको नेपाल–भारत सीमा भन्सार कार्यालयका एक्स्टेन्सन काउण्टर थप सेवासहित सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग प्रभु बैंक लिमिटेडको समन्वयमा नेपाल–भारत सीमानाकाका विभिन्न सातवटा भन्सार कार्यालय भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्व/भन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तररुपमा बैंकिङ सेवा प्रवाह गर्ने भएका छन् ।

सो सम्बन्धी नवीकरण सम्झौतामा नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग त्रिपुरेश्वर काठमाडाँैका तर्पmबाट महानिर्देशक सुमन दहाल र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मंसिर १७ गते हस्ताक्षर गरेका हुन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतिसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापमा बढोत्तरी हुन गई राजश्व संकलनको आँकाडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघसंस्थाले प्रभुको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुनेछन् जनाइएको छ । यसका साथै नेपाल सरकारको राजश्व संकलन प्रक्रियामा छिटो छरितो हुन गई सहजीकरण हुने समेत बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्