काठमाडौं, २० मंसिर ।
नेकपाको आजको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । २५ दिनपछि दुई अध्यक्षबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
आजको बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदैछ । ओली भने सकेसम्म बैठक टार्ने मनस्थितीमा भएपनि सहभागी भएका छन् ।