काठमाडौं, २३ मंसिर ।
प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।
पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न ओलीले बैठक बोलाएका हुन् । देशभरी राजतन्त्रको माग राख्दै ठूला प्रदर्शन भएपछि यस्तो बैठक बोलाइएको बताइएको छ ।