Logo
Logo

दोस्रो विश्वयुद्धपछि कोरोना महामारीले ठूलो पाठ सिकाएको छ : मोदी


- दृष्टि न्युज/संवाददाता

882
Shares

काठमाडौं, २५ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा गतिशीलता र नविनताका क्षेत्रमा लगानी गर्ने उत्साहपूर्ण अवसर रहेको बताएका छन् । ‘ब्लूमबर्ग न्यू इकोनोमिक फोरम’लाई सम्बोधन गर्दै उनले वैश्विक लगानीका लागि आह्वान समेत गरेका छन् ।
‘यदि तपाईं सहरीकरणमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने भारतमा तपाईंका लागि रोमाञ्चक अवसरहरू छन् । यदि तपाईं गतिशीलतामा लगानी गर्ने सोचमा हुनुहुन्छ भने भारतमा तपाईंका लागि उत्साहपूर्ण अवसरहरू छन्’ मोदीले भने, ‘यदि तपाईं नवीनतामा लगानी गर्न चाहानुहुन्छ भने भारतसँग तपाईंको लागि नविनतामा बृहत क्षेत्रहरु छन् ।’
भारतसँग व्यापारमैत्री वातावरण रहेको बताउँदै उनले भने, ‘यसले ठूलो बजार प्रदान गर्दछ ।’ सरकारले भारतलाई रुचाएको वैश्विक लगानीको गन्तव्य बनाउन कुनै कसर नछोड्ने समेत उनले बताए । कोरोना भाइरस महामारीले खडा गरेको ‘चुनौती’ हुँदाहुँदै पनि भारतले यस कठिन समयको अवधिमा एक ‘असाधारण उदाहरण’ प्रस्तुत गरेको मोदीको भनाइ छ ।
प्रधानमन्त्री मोदीले विश्वयुद्धपछिको युगलाई कोरोना महामारीले ठूलो पाठ सिकाएको बताएका छन् । उनले भने, ‘मलाई लाग्छ दोस्रो विश्वयुद्ध पछि भएका ऐतिहासिक पुनर्निर्माण प्रयासहरूले हामीलाई धेरै पाठ सिकाउन सक्छ । विश्व युद्धपछि सम्पूर्ण विश्वले नयाँ विश्व क्रममा काम गर्यो । नयाँ प्रोटोकल विकसित भयो र विश्व पनि परिवर्तन भयो ।’ भारतीय प्रधानमन्त्री मोदीले महामारीको क्रममा टेक्नोलोजीले काममा निरन्तरता कायम गर्न मद्दत गरेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्